मकवानपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत १ गते ११:३० मा प्रकाशित

काठमाण्डु,१ चैत– मकवानपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा मृत्यु हुनेमा टिपर चालक मकवानपुरगढी९२ अदुवाखर्कका २८ वर्षीय चन्द्र योन्जन रहेका छन ।

मंगलबार बेलुका ७ बजे बकैया–१२ खोरभञ्ज्याङस्थित भित्री कच्ची सडकखण्डमा ना८ख ५३३५ नम्बरको टिपर दुर्घटना हुँदा योन्जनको मूत्यु भएको प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन ।

टिपर शिबम सिमेन्ट फ्याक्ट्रिको चक्ति ढुङ्गा खानीमा ढुङ्गा लोड गर्न जाँदै थियो । टिपरमा चालक मात्र रहेको प्रहरीको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us