काठमाण्डु,२९ फागुन– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको बताएकी छन ।
आज सोमबार (काठमाण्डु)मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । उनले संसदमा महिलाहरुले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी छन ।
उनले अबसर पाएका महिलाहरुलाई असफल हुने छुट नभएको पनि बताएकी छन । उनले संसदमा कानून निर्माण गर्दा महिलाहरुले नै सबैभन्दा बढी संशोधन गर्ने भए पनि त्यसको मूल्यांकन हुन नसकेको बताएकी छन ।
उनले भनिन्, ‘हामीले देखेका छौं, संसदभित्र हेर्यौं भने हामी कानून बनाउँदै गर्दा सबैभन्दा धेरै कानून बनाउँदा संशोधन महिलाले नै हाल्छन्, संसदमा कोरम पुर्याउन सबैभन्दा ठूलो संख्या महिलाको नै हुन्छ ।
तर पनि बाहिर आउँदा मूल्यांकन हुँदैन, चर्चासम्म पनि हुँदैन । राजनीतिक तहमा आउँदा । संसदमा हेरेर सबैभन्दा बढी कानून बनाउने कुरामा महिला सक्रिय छन् की पुरुष यसको पनि मूल्यांकन हुनुपर्छ।’
उनले संसदमा कोरम पुर्याउने सवालमा पनि महिलाहरुको उपस्थिति महत्वपूर्ण रहेपनि त्यसको बाहिरी पक्षमा मूल्यांकन गर्न नसकेको बताएकी छन ।
उनले संसदको बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि महिलाहरुको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरुले महिलाको मूल्यांकन गरी खोजमूलक पत्रकारिता गर्नुपर्ने बताएकी छन ।