
काठमाण्डु,२९ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध लगातार दुई सफलता हात पारेको छ ।
टस जितेर पहिले बलिङ गरेको नेपालले २३ र २४ औं ओभरमा विकेट लिन सफल भएको हो । नेपालका लागि २३ औं ओभरको पाँचौं बलमा ललित नाराया राजवंसीले पाँचौं विकेट लिए ।
ललितले २३ औं ओभरको पाँचौं बलमा रिले हेकुरेलाई क्याच आउट गराएका हुन् । हेकुरेले ४ रन बनाएका थिए । नेपालका लागि सन्दीपले २४ औं ओभरको पहिलो बलमा कार्लेस आमिनीलाई १६ रनमा क्याच आउट गराएका थिए ।