
काठमाण्डु, २८ फागुन -आइतबारदेखि संयुक्त आन्दोलनमा रहेका उद्योगी व्यवसायीले भोलि नेपाल राष्ट्र बैंक घेराउ गर्ने भएका छन् ।
चर्को बैंक ब्याजदरविरुद्ध सडक आन्दोलनमा उत्रिएका व्यवसायीले भोलि विहान ११ बजे केन्द्रीय बैंक घेराउ गर्ने भएका हुन् । आन्दोलनको नेतृत्व गरिरहेको बैंक तथा वित्तीय समस्या संघर्ष समितिले आन्दोलनमा सहाभागी हुन सूचना जारी गरेको छ ।
आन्दोलनमा देशभरका विभिन्न क्षेत्रमा काम गरिरहेका ९ वटा महासंघ र ५९ वटा जिल्ला तथा वस्तुगत संघ आबद्ध छन् ।