
काठमाण्डु ,२८ फागुन- आइसिसी विश्वकप लिग९२ अन्तर्गत नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको हो । खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपालले पूरै ओभर ब्याटिङ गर्न सकेन ।नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७७ रन जोडे।
उनले ११२ बलमा ९ चौका प्रहार गरे। लगातार विकेट गुमेको स्थितिमा मैदान प्रवेश गरेका रोहितले भीम सार्कीसँग चौथो विकेटका लागि ५४ रन र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए। जसका कारण नेपालको इनिङ उकासिएको थियो। आज अर्धशतक प्रहार गरेसँगै रोहित नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी भए।
रोहितले नेपालका लागि एक शतकसहित आठ अर्धशतक प्रहार गरेका छ्न्। त्यसअघि नेपालका ओपनरद्वय आसिफ शेख शून्य र कुशल भुर्तेल ८ रनमा आउट भएका थिए। नेपालले पाँच ओभर चल्दै गर्दा दुवै ओपनरलाई गुमाएको थियो। ७.१ ओभरमा २२ रनको स्थितिमा तेस्रो विकेट गुमाउने क्रममा नेपालका कुशल मल्ल ९ रनमा पेभिलियन फर्के।
सुरूआतमा दुवै इन्डबाट स्पिनरलाई बलिङ गराएको युएईका आयान खान र आर्यन लक्रा प्रभावशाली देखिए। आर्यनले आसिफलाई बोल्ड गर्दा आयानले भुर्तेललाई एलबिडब्लूको धरापमा पारेका थिए। तीन विकेट गएको अवस्थामा धैर्यपूर्वक ब्याटिङ गरेका भीम सार्कीले २९ रन जोडे। उनले ३७ बलमा ४ चौका प्रहार गरे। आरिफ शेखले जोडेको ४३ रन पनि नेपालका लागि महत्वपूर्ण सावित भयो।
उनले ५२ बलमा ५ चौका हिर्काए। गुल्शन झाले ३७ रन जोडे। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे। दिपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्ने क्रममा १९ बलमा ३४ रन बनाएर आउट भए। उनले ३ चौका र २ छक्का प्रहार गरे। सन्दीप लामिछाने र सोमपाल कामी समान २९२ रनमा आउट भए।बलिङमा युएईका आयान खान, जहूर खान, जावर फरिद र रोहान मुस्ताफाले २९२ विकेट लिए।