आईसीसी लिग–२ अन्तिम शृंखलाको पहिलो खेलमा पीएनजीमाथि नेपालको जित

काठमाण्डु टुडे २०७९ फागुन २५ गते १६:४८ मा प्रकाशित

काठमाण्डु,२५ फागुन– कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदान भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भएको थियो । पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् ।नेपालका सन्दीप लामिछानेले ४ विकेट लिएका थिए ।

यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको ११० रन मद्दतमा ४९।१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us