एकै ओभरमा दुई विकेट गुमायो नेपालले

काठमाण्डु टुडे २०७९ फागुन २५ गते १३:१८ मा प्रकाशित

काठमाण्डु,२५ फागुन– कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले लगातार दुई विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका आसिफ शेख र रोहित कुमार पौडेल एकै ओभरमा आउट भएका छन ।

आसिफ ३८ ओभरको तेस्रो बलमा ११० रन बनाएर आउट हुदा अन्तिम बलमा रोहित ३० रन बनाएर आउट भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us