
काठमाण्डु, ११ फागुन- युएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् ।
कानुनी अड्चन हुने भयकाले युएईमा हुने सिरिजका लागि क्यानले सन्दीप लाई समावेश नै नगरेको स्रोतले बताएको छ । क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले १५ फागुन देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ ।
यस अघी क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने लामिछानेलाई टिममा राखेको थियो । लामिछानेको मुद्धा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिँयको थियो।