माधव नेपालले राष्ट्रपतिको प्रस्ताव आएको रिपोर्टिङ गर्नुभएन, त्यो हल्लामात्र रहेछ: खनाल

काठमाण्डु टुडे २०७९ फागुन १० गते १५:२१ मा प्रकाशित

काठमाण्डु,१० फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव नआएको बताएका छन ।

आज (बुधबार) पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । खनालले पछिल्लो समय भएको भेटघाटबारे अध्यक्ष माधवकुमार नेपालले रिपोर्टिङ गरेको तर राष्ट्रपतिको प्रस्ताव आएको बारे केही नबोलेको बताएका छन ।

उनले भने, ‘अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा, भेटघाटको सन्दर्भमा रिपोर्ट गर्नुभयो, तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्ने चाहिँ, त्यस्तो रिपोर्टिङ भएन’ ‘त्यसको अर्थ अहिलेसम्म हाम्रो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आएको भन्ने जुन हल्ला छ नि त्यो हल्लामात्र रहेछ भन्नुपर्‍यो ।’

सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । सो भेटमा नेपाललाई ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेको एमाले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us