
काठमाण्डु,९ फागुन– नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज जितेको छ । आज मंगलबार भएको सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले जितेको निकालेको हो ।
नेपालले घरेलु मैदानमा भएको यो सिरिजको चारै खेलमा जित निकाल्न सफल भएको छ । एकदिवसीय क्रिकेटमा नेपालले लगातार चार खेलमा तिज निकालेको यो पहिलो रेकड हो ।
त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रोहित कुमार पौड्यलले ९५ रनको अर्धशतकीय पारी खेले । १०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै करण केसीले ३१ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २१, कुशल मल्ल १७ र आसिफ सेखले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन सफल भएनन् ।
स्कटल्यान्डका लागि मार्क उटले तीन विकेट लिए । त्यस्तै क्रिस ग्रेवासले दुई विकेट लिए । जितसँगै नेपालले लिग २ मा २८ खेल खेलेको नेपालले २६ अंक जोडेको छ । नेपाललाई अब एकदिवसीय मान्यता जोगाउन आठ खेलमध्ये ५ खेलमा जित आवश्यक रहेको छ ।
नेपालले अन्तिम त्रिकोणात्मक सिरिज घरेलु मैदानमा खेल्नेछ । त्यसअघि नेपालले यूएईमा पीएनजी र यूएईसँग सिरिज खेल्नेछ । च्याम्पियन स्कटल्यान्डको भने ३६ खेलबाट ५० अंक प्रप्त गरेको छ ।