केपी ओली कपको उदघाटन खेलमा सातदोबाटो र पुलिस भिड्ने

काठमाण्डु टुडे २०७९ माघ २९ गते १५:२३ मा प्रकाशित

काठमाण्डु,२९ माघ– ११ फागुन देखी हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको टाइसिट ड्र सार्वजनिक भएको छ । उदघाटन खेलमा सातदोबाटो क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा हुने छ ।

पुलिस र सातदोबाटोबीचको खेल फागुन ११ गते एन्फा कम्प्लेक्समा हुनेछ । खेल ३ बजे सुरु हुनेछ । आयोजक राष्ट्रिय युवा संघ नेपालले आज आइतबार सार्वजनिक गरेको ‘ड्र’ दोश्रो दिन फागुन १२ गते नेपाल आर्मी र न्युरोड टिम एनअरटीबीच खेल हुने छ ।

फागुन १२ गते नै हुने दोस्रो खेलमा मच्छिन्द्र क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुने छ । १३ गते केपी ओली फुटबल क्लब र जाउलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुनेछ । प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली गरी ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us