कांग्रेसको संसदीय दलको बैठक स्थगित

काठमाण्डु टुडे २०७९ माघ २५ गते १७:१५ मा प्रकाशित

काठमाण्डु,२५ माघ– कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

बिहीबारका लागि बोलाइएको दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन ।

कांग्रेसको पार्टी संसदीय दल कार्य समितिको २२ माघमा बसेको बैठकबाट २६ माघमा बस्ने गरी बैठक बोलाउने निर्णय भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us