जसरी पनि सत्ता गठबन्धनको एकता जोगाउँछु: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ माघ २२ गते १७:३९ मा प्रकाशित

काठमाण्डु,२२ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताउका छन ।

लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन ।

आज (आइतबार) संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने बताएका छन ।

उनले भने, ‘ राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो’ ‘अदालतको निर्णय पछि पक्कै पनि उहाँहरुलाई केही असहज त भएकै थियो ।

अब उहाँसँग फेरि भेटेर कुरा गर्छु ।’ राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिएको बताएका छन । उनले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन ।

भर्खरै सुनेँ। बिहान उहाँसँग भएको कुरा अनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो । फेरि हामी छलफल गर्छौं । यसलाई हल गर्नेतिर नै जान्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us