
काठमाण्डु,, २० माघ- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानको टिकट अनलाइनमार्फत टिकट लिन सकिने भयको छ।
एयरलाइन्सले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत टिकट लिन सकिने बताएको हो। एयरलाइन्सले यात्रुको सहजताका लागि इ–सेवाबाट अनलाइन टिकट लिने पाउने व्यवस्था गरेको हो।यस्तै अन्तर्राष्ट्रिय उडानका लागि निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकट लिन सक्ने एयरलाइन्सले जनाएको छ।
केही साताअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगमको टिकट वितरणलाई अनलाइन बनाउन निर्देशन दिएका थिए। मन्त्री किरातीको निर्देशनपछि निगमले यो व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो।