
काठमाण्डु,१९ माघ– म्यानचेस्टर युनाइटेड नटिङहाम फरेस्टमाथि सानदार जित निकाल्दै लिग कपको फाइनल खेलमामा प्रवेश गरेको छ। म्यानचेस्टरले सानदार जित निकाल्दै न्युक्याससँगको फाइनल भेट हुने पक्क भएको छ ।
बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड २–० गोल अन्तरले विजयी भएको हो। यसअघिको पहिलो लेगमा समेत नटिङहामलाई म्यानचेस्टरले ३–० ले हराएको थियो ।
समग्रमा ५–०को सानदार निकाल्दै म्यानचेस्टर युनाइटेल फाइनलमा प्रवेश गरेको हो। म्यानचेस्टरलाई जिताने क्रममा एन्थोनी मार्शल र फ्रेडले एकरएक गोल गरे। यसअघि नै साउथह्याम्टनलाई हराउँदै न्युक्यासल फाइनल प्रवेश गरिसकेको छ।