
काठमाण्डु,१३ माघ- मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्य घटनामा प्रहरीमा जाहेरी परेको छ।
बिहीबार जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको हो। प्रहरी परिसर टेकुमा केही व्यक्तिहरूले जाहेरी दिएको प्रहरीले जनाएको छ। उनीहरूले आत्महत्या दुरूत्साहन मुद्दामा जाहेरी दिएको बतायको छ। स्वागत नेपाल लगायतको टोलीले जाहेरी दिएको बतायको छ।
आचार्यले सामाजिक सञ्जालमा उल्लेख गरेका सबै जनाविरूद्ध जाहेरी दिएको नेपालले बताय। मंगलबार इलाम घर भएका आचार्यले आफैंमाथि आगो लगाएका थिए। उनको उपचारको क्रममा बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो।