
काठमाण्डु ,१३ माघ- नेकपा माओवादी केन्द्र को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। आजको बैठकमा पार्टी एकता र संगठन बिस्तार बारेमा छलफल हुने तथा राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा पनि छलफल हुनसक्ने उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दियका छन ।
बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गरेका थिए। बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका हुन् ।
यस्तै बैठकमा प्रधानमन्त्री प्रचण्डले वर्तमान राजनीतिक घटनाक्रमलाई समावेश गर्दै लिखित राजनीतिक प्रतिवेदन पनि पेश गरेका थीय ।