आसिफले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

काठमाण्डु टुडे २०७९ माघ १२ गते १८:३५ मा प्रकाशित

काठमाण्डु,१२ माघ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रदान गर्ने प्रतिष्ठित अवार्ड जितेका छन् ।

उनले आईसीसी अवार्ड २०२२ को एक विधा स्पिरिट अफ क्रिकेट -(उच्च खेल भावना) को अर्वाड जितेका हुन।उनले गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी९ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उक्त अवार्ड जितेका हुन् ।

आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा नेपाली बलर कमल सिंह ऐरीसँग अल्झिएर लड्न पुगेपछि आसिफले रन आउट गरेका थिएनन् ।जुन खेल भावना यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा पाएको क्षण थियो ।आईसीसी आफैंले पनि उनको उक्त भावनाको खुलेर प्रशंसा गरेको थियो ।

उनी आसिफ स्पिरिट अप क्रिकेटको अवार्ड जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us