बैंकमा जम्मा गर्न लगेको रकम लिएर भागेका ३ जना पक्राउ

काठमाण्डु टुडे २०७९ माघ १२ गते १७:४८ मा प्रकाशित

काठमाण्डु ,१२ माघ- बैकमा जम्मा गर्न लगाएको पैसा लिएर फरार भएको आरोप मा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज वडा नं. १० आदर्शनगर बस्ने आकाश साह, २२ वर्षीय संजय साह र २१ वर्षीय महम्द सकिर मियाँ रहेका छन् । उनीहरुले माँ दुर्गे मनिट्रान्सफर प्रा.लि का सञ्चालक विजय साह सरार्फले कृषि बिकास बैकमा जम्मा गर्न लगाएको ४ लाख १४ हजार ८ सय रुपैयाँ लिएर फरार भएको प्रहरीको आरोप छ ।

पक्राउ परेका तीनै जना वीरगञ्ज महानगरपालिका वडा नं १० आदर्शनगर स्थित माँ दुर्गे मनिट्रान्सफर प्रा।लिमा कार्यरत कर्मचारी रहेका छन। रकम ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।

प्रहरीले उनीहरुको साथबाट २ लाख २३ हजार ५ सय बरामद भएको छ । उनीहरुमाथि ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको छ।यस्तै पर्सा जिल्ला अदालतले घटनाबारे थप अनुसन्धान गर्न ४ दिनको म्याद दिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us