
काठमाण्डु ,१२ माघ- नेपाल क्रिकेट संघ क्यानले निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ ।
काठमाण्डुमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन् ।‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ,’ चन्दले भने, ‘के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं उनले भने।
बालीका बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी तथा काठमाण्डु उपत्यकाबाट बाहिर जान नपाउने गरी रिहा गरेको छ । थुनाबाट रिहा भयपछी उनलाई फर्काउनु पर्ने माग छ भने अर्कातीर बलात्कारको आरोप कायमै रहेकाले टिममा फर्काउन नहुने भन्ने पनि माग छ ।
लामिछानेलाई बलात्कारको आरोपमा पक्रउ परेपछी नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको थीयो।