प्रेमप्रसादकै जस्तो कारण देखाउँदै विराटनगरमा व्यवसायीद्वारा आत्महत्या

काठमाण्डु टुडे २०७९ माघ १२ गते ९:०६ मा प्रकाशित

विराटनगर, १२ माघ– विराटनगरमा एक व्यवसायीले आत्महत्या गरेका छन् ।

विराटनगर महानगरपालिका–३ का मोहनप्रसाद न्यौपाने आफ्नै घरको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । इलामका व्यवसायी प्रेमप्रसाद न्यौपानेले व्यवसायबाट असफल भएपछि आत्मदाह गरेको भोलिपल्ट विराटनगरमा अर्का व्यवसायीले पनि उक्तै प्रकृतिको समस्या दर्शाउँदै आत्महत्या गरेका हुन् ।

न्यौपाने विद्युतीय सामग्रीको व्यवसाय गर्दै आएका थिए । उनी विराटनगरस्थित शनि मन्दिर रोडमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका थिए । पारिवारिक सदस्यहरुले व्यवसाय सञ्चालनमा लागेका ऋण तिर्न नसकेर न्योपानेले आत्महत्या गरेको जानकारी दिए । न्योपानेको साथबाट सुसाइट नोटसमेत भेटिएको छ ।

उक्त नोटमा न्यौपानेले बैंकबाट लिएको एक करोड ४५ लाख रुपैयाँको किस्ता तिर्न नसकेर मृत्युको बाटो रोजेको उल्लेख गरेका छन् । बैंकलाई ब्याज र किस्ता गरेर माशिक ५ लाख रुपैयाँ बुझाउनुपर्ने उनले लेखेका छन् । श्रीमती र परिवारका सदस्यहरुका नाममा लेखिएको सुसाइट नोटमा आफू बाँच्नका लागि लायक नभएको उल्लेख गरिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले आत्महत्याबारे छानबिन थालिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us