क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ स्थगित

काठमाण्डु टुडे २०७९ माघ ९ गते १४:१९ मा प्रकाशित

काठमाण्डु,९ माघ– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध दायर भएको जगरजस्ती करणीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ स्थगित भएको छ ।

काठमाण्ठु जिल्ला अदालतमा विचाधीन मुद्दामा सोमबारदेखि अन्तिम सुनुवाइ हुने भनिएको थियो तर स्थगित भएको छ । जिल्ला अदालतले सोमबारका लागि पेसी पनि तोकेको थियो।

तर जाहेरवालाका तर्फबाट स्थगितको निवेदन दर्ता भएपछि पेसी सरेको हो। अन्तिम बहसका लागि पेसी तोकिएको भए पनि अन्तिम समयमा जाहेरवालाबाट स्थगीतको निवेदन पेस भएको लामिछानेका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाले बताएका छन ।

काठमाण्डु जिल्ला अदालतको थुनछेक आदेशपछि मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका सन्दीप उच्च अदालत पाटनको केही दिन अगाडिको आदेशपछि २० लाख धरौटीमा रिहा गरेको थियो ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध सन्दीप उच्च अदालत गएका थिए। उच्चले उनको निवेदनमा सुनुवाइ गर्दै शर्तसहित धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

सन्दीपविरुद्ध एक नाबालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us