
काठमाण्डु,९माघ– कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज (सोमबार) विहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताएका छन ।
उनले भने, ‘कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ । राष्ट्रपतिमा सबै दलको सहयोग लिएर अगाडि बढ्ने निर्णय भयो ।’ कांग्रेसले समयमै राष्ट्रपतिको निर्वाचन गराउनका लागि निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता महतले बताएका छन ।
महतका अनुसार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर गल्ती भएको भनेर आफूले नभनेको नेता शेखर कोइरालाले बताए ।
‘मैले यस्तो भनेको होइन । झुटो प्रचार गरियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा अलग मत छ भनेकै छैन,’ उनले भने, ‘मैले भन्दै नभनेको कुरा प्रयोजित रुपमा बाहिर आयो ।