
काठमाण्डु,८ माघ– प्रहरीले भक्तपुरबाट बसभित्र तास खेलिरहे अवस्थामा चारजनालाई पक्राउ गरेको छ ।
मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पार्किङ गरिराखेको शैलुङ्गेश्वरदेखि काठमाण्डु चल्ने बा ३ ख ३६५६ नम्वरको बसभित्र तास खेलिरहेको उनीहरुलाई आइतबार पक्राउ गरेको प्रहरीले बताएको छ ।
उनीहरुको साथबाट ७१ ह्जार नगद र एक बुक तास बरामद गरिएको भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीले जानकारी दिएका छन ।