
काठमाण्डु,८ माघ– पुर्व प्रधानमन्त्री एवं एमाले केपी शर्मा ओलीले नेपाली कला र संस्कृति कहिले पनि नमर्ने बताएका छन । आज भक्तपुरमा आयोजित चौथो एपिक नेपाल म्युजिक अवार्ड कलाकारहरुलाई प्रदान गर्दै ओलीले यस्तो बताएका हुन ।
ओलीले नेपाली कला र संस्कृतिको संरक्षणमा हरेक नेपालीहरु लागेकाले कला र संस्कृति अमर हुने बताएका छन । आलीले नेपाली संस्कार र संस्कृतिहरु कलाको माध्यमबाट पनि अहिलेसम्म जीवित रहेको भन्दै उनले खुशी व्यक्त गरेका छन ।
उनले नेपाली कला र संस्कृतिलाई मन पराउने नेपालीहरु धेरै रहेकाले अहिले पनि नेपाली कला र संस्कृतिको महत्व अपार रहेको बताएका छन ।
अध्यक्ष ओलीले कला, संस्कृतिलाई जीवन्त ढंगले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने कार्यमा कलाकारहरु लागेको भन्दै खुशी व्यक्त गरेका छन ।