बार्सिलोना र रियल मड्रिड क्वाटरफाइनलमा

काठमाण्डु टुडे २०७९ माघ ६ गते १२:३३ मा प्रकाशित

काठमाण्डु,६ माघ– बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन । गय राति भएको खेलमा बार्सिलोनाले एडी केउटालाई ५–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।

बार्सिलोनालाई जित दिलाउन रोबेर्टो लेवान्डोस्कीले दुई गोल गरे भने त्यस्तै राफिन्हा, अन्सु फाती र फ्रान्क केसियाले एक–एक गोल गरेका थिए । शुक्रबार राति नै भएको अर्को खेलमा भियारियललाई हराउँदै रियल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रियलले भियारियलमाथि ३–२ गोलको जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । रियलको जितमा भिनिसिउस जुनियर, इडर मिलिटो र ड्यानी काभालोसले एक–एक गोल गरे । यता भियारियलका लागि टिने कापोउ, समुयल चुकोउजले एक–एक गोल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us