
काठमाण्डु,१ माघ– नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाण्डु बाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको बताएको छ ।
विज्ञप्ति जारी गर्दै १० महिला, १८ पुरुष र १ जना शिशुको मृत्यु भएको पुष्टि गरेको हो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । उद्धार जारी रहेको प्राधिकरणले बताएको छ ।