विमान दुर्घटनाको खबर पायपछी प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थल पुगे

काठमाण्डु टुडे २०७९ माघ १ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, १ माघ- आइतबार पोखरामा यति एयरलाइन्सको जहाज पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त भयको सुचना पछी प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने घटनाबारे विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रूममा बसेर दुर्घटनाको अपडेट लिइरहेका छन्। यस्तै उनीहरूले दुर्घटनामा उद्धार गर्न निर्देशन पनि दिइसकेका छन्।

यता दुर्घटना पाएको खबरपाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका थिय तर बैठक बोलाए पनि उनी विवरण बुझ्न कन्ट्रोछल रूममा पुगेका हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us