क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुपर्छ: अधिवक्ता घिमिरे

काठमाण्डु टुडे २०७९ पुष २९ गते १४:३७ मा प्रकाशित

काठमाण्डु ,२९ पुस– अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट संघ क्यानले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुपर्ने बताएका छन ।

शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा क्रिकेटर लामिछानेलाई भेटेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सन्दीपले क्रिकेट खेल्न नपाएसँगै नेपाली क्रिकेटको स्तर खस्किरहेको अवस्थालाई मध्यनजर गरेर पुनः कप्तानीको दिनु पर्ने बताएका छन ।

उनले कप्तानी रुपमा क्यानले लामिछानेलाई जिम्मेवारी दिनुपर्ने बताएका छन । उनले बलात्कारको आरोप लागेसँगै क्यानले कप्तानीबाट हटाएको भएपनि जेलबाट छुटिसकेपछि भने लामिछानेलाई कप्तानीको जिम्मेवारी दिनुपर्ने बताएका छन ।

उनले लामिछाने मुद्दाका कारण क्यानको निलम्वनमा परेको तर क्यानको कारबाहीमा नपरिसकेकाले पुनः कप्तानी दिनुपर्ने माग रखेका छन ।

उनले भने, ‘सम्माननीय उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमो छोड्ने आदेश दिएको छ । पैसाको म्यानेज उहाँको परिवारले गरिरहनुभएको छ ।

उच्च अदालतबाट फाइल जिल्ला अदालतमा गइसकेको छ । जिल्ला अदालतमा धरौटी जम्मा गरिसकेपछि जिल्ला अदालतको पत्र लिएर इन्टरनल प्रसेस यहाँ आएर गर्नेछौँ ।

उसको स्वास्थ्य परीक्षणपछि फेरि तारिख लिनुपर्ने हुन्छ, तारिख लिनका लागि जिल्ला अदालत गएर तारिख लिनेछौँ । शर्त राखिएका छन्, त्यसकै लागि जानकारी गराउन मैले भेटेर आएको हुँ ।

उ निलम्वनमा परेको हो, कारबाहीमा होइन, उ जेलबाट छुटिसकेपछि पुनः उसलाई क्यानले कप्तानी दिनुपर्छ । क्रिकेटको अवस्था कसरी गइरहेको छ, त्यो हेर्दा नै थाहा भइहाल्छ । क्रिकेटलाई जोगाउनु छ भने क्यानले गम्भीर बनेर नेपालको क्याप्टेन बनाउनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us