प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाण्डु टुडे २०७९ पुष २६ गते १७:३१ मा प्रकाशित

काठमाण्डु,२६ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको इतिहासमै सबैभन्दा बढी विश्वासको प्रप्त गरेका छन ।

संविधानको धारा ७६ को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मंगलबार भएको मतदानमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा भएको मतदानपछि विश्वासको मतको प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २७२ मत परेको सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us