
काठमाण्डु,१९ पुस– नेपाल टी–ट्वान्टी लिगको काठमाण्डु नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक जना खेलाडीलाई म्याच फिक्सिङको अफर बताएका छन ।
आज (मंगलाबार) विराटनगरविरुद्धको खेलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनले आफ्नो टिमको एक सदस्यलाई अफर आएको र आफूहरूले माथिल्लो तहमा कुरा पुर्याइसकेको बताए ।
उनले भने, ‘ फिक्सिङ गर्नु र अप्रोच आउनुमा धेरै फरक छ । हामीले त्यसलाई लिने या नलिने भन्ने कुरा हो । हामीले त्यो कुरालाई बेवास्ता गर्यौँ ’ । मल्ल नेतृत्वको काठमाण्डुले आजको खेलमा विराटनगरलाई हराएको थियो ।