रोनाल्डो २८ अर्बको सम्झौतामा साउदी पुगे

काठमाण्डु टुडे २०७९ पुष १९ गते १२:१० मा प्रकाशित

एजेन्सी– विश्वका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो आज मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका छन् ।

रोनाल्डोले साउदी अरबको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्ड ९२८ अर्ब रुपैयाँ को सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो सन् २०२५ सम्म अल–नासरसँग रहने भएका छन ।

रोनाल्डोको केही समय अघि म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि उनको भविष्यका बारेमा धेरै अड्कलबाजी गरिएको थियो ।

तर साउदी अरबको फुटबल क्लबसँगको यस्तो महँगो सम्झौतापछि केही समयका लागि यी अड्कलहरूमाथि विराम लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us