एमडीएमएसको पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित

काठमाण्डु टुडे २०७९ पुष १५ गते १२:५३ मा प्रकाशित

काठमाण्डु,१५ पुस– सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस०को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ ।

विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि उक्त सिस्टमको कार्यान्वयन स्थगित गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्नैपर्ने व्यवस्थालाई अनिवार्य नगरिएको जानकारी दिएका छन ।

उनलवे भने, ‘भविष्यमा आवश्यक तयारी र छलफलपछि कार्यान्वयन गर्छौं,’ ‘व्यवसायीले विदेशबाट ल्याएका मोबाइल दर्ता गर्न भने प्रणाली कायम रहनेछ ।’

चौतर्फी विरोध भएपछि सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था पनि तत्कालका लागि स्थगित गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us