आजबाट भन्सार घोषणा नभएका मोबाइल नचल्ने

काठमाण्डु टुडे २०७९ पुष १५ गते ११:३१ मा प्रकाशित

काठमाण्डु,१५ पुस– आज शुक्रबार देखि भन्सार घोषणा नभएका मोबाइल नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास बिना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने बताएको छ ।

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरेको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us