
काठमाण्डु,१५ पुस– एमाले नेता प्रदीव ज्ञवालीले एकीकृत समाजवादी पुरानै घरमा फर्काउन पहल भइरहेको बेला यसको खण्डन गरेका छन् ।
नेता प्रदीप ज्ञवालीले फेसबुकमा लेखेका छन् ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन् । ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्,’ ।
अध्यक्ष ओली निकट रहेका नेता प्रदीप ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको बताएका छन ।
‘संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन,’ उनले लेखेका छन् ।