महान फुटबलर पेलेको निधन

काठमाण्डु टुडे २०७९ पुष १५ गते ६:०१ मा प्रकाशित

काठमाण्डु, १५ पुस– ब्राजिलका महान खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । पेलेको वास्तविक नाम एडसरन एरेन्टस डो नासिमेन्टो हो ।

पेले लामो समयदेखि मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० को विश्वकप उपाधि जिताउन महत्वपूर्ण र निर्णायक भूमिका खेलेका थिए । आफ्नो टिमलाई तीनपटक विश्वकप जिताउने पेले एक मात्र खेलाडी हुन् ।

पेलेलाई फिपाले ‘प्लेयर अफ द सेन्चुरी’ को उपाधि दिएको छ । १५ वर्षको किरोराबस्थामै फुटबल करियर थालेका पेलेले २१ वर्ष फुटबलमा बिताए । त्यस अवधिमा उनले १ हजार ३ सय ६३ खेलमा भाग लिएका छन् । त्यस क्रममा उनले १ हजार २ सय ८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् ।

पेलेको निधनमा विश्वभरका खेलाडी, खेल संस्था र फुटबलका समर्थक स्तब्ध भएका छन् । हालै सम्पन्न कतार वर्ल्ड कप विजेता अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार लगायतले पनि पेलेको निधनमा शोक व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us