काठमाण्डुको मैतीदेवीमा गुडिरहेको टेम्पोमा आगलागी

काठमाण्डु टुडे २०७९ पुष १५ गते ८:२४ मा प्रकाशित

काठमाण्डु, १५ पुस– काठमाण्डुमा गुडिरहेको टेम्पोमा आगो लागेको छ ।

पुरानो बानेश्वर–मैतीदेवी– कमलपोखरी रूटमा चल्ने बा१ह ३९६७ नम्बरको टेम्पोमा शुक्रबार बिहान ७ बजेतिर आगलागी भएको हो । तर, आगलागीको समयमा टेम्पोमा चालकबाहेक यात्रु नभएकाले मानवीय क्षति भने भएन । टेम्पो मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतले चलाएका थिए ।

प्रहरीका अनुसार मैतैदेवीमा यात्रु ओर्लिएपछि टेम्पोमा एक्कासि आगो लागेको थियो । दमकल, स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us