
काठमाण्डु,१४ पुस–काठमाण्डु महानगरपालिकाले मेयर बालेन्द्र शाह (बालेन)ले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउने निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयको सहयोग मागेका छन् ।
आज (बिहिबार) काठमाण्डु महानगरले एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको छ । पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन र समन्वयका लागि गृहलाई अनुरोध गरेको छ ।
गृह मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थितरअनाधिकृत रुपमा रहेको संरचना हटाइ सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परीयोजना समेतबाट अनुरोध भइआएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन’ पत्रमा भनिएको छ ।
थापाथलीमा अनाधिकृत संरचना हटाई सौन्दर्यकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ’।