कैलालीमा ट्याक्टरले च्यापिएर एकजनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष १४ गते १६:१० मा प्रकाशित

काठमाण्डु,१४ पुस– कैलालीमा ट्याक्टरले च्यापिएर एकजनाको मृत्यु भएको छ । मूत्यु हुनेमा गौरीगङ्गा–४ बस्ने २२ वर्षीय गणेश चौधरी रहेका छन ।

उनले गौरीगङ्गा नगरपालिका–५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हिलोमा फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा उनको मूत्यु भएको हो । चौधरीलाई गाडीको बीचको टायरले च्यापेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us