मधेस प्रदेश सभाका ज्येष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले लिए शपथ

काठमाण्डु टुडे २०७९ पुष १४ गते १५:०२ मा प्रकाशित

काठमाण्डु,१४ पुस– मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नेपालको संविधानको धारा १८२ को उपधारा ९५०, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान रहेको छ ।

एकीकृत समाजवादीका न्यौपाने ४ मंसिरमा भएको निर्वाचनमा सप्तरीको ४ को प्रदेश सभा १ बाट निर्वाचति भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us