
काठमाण्डु,१२ पुस–पौष महिनामा सौर्यमण्डलका सम्पूर्ण ग्रहहरू मध्ये अधिकांश ग्रहलाई आकाशमा स्पष्ट सँगै खाली आँखाले र केही ग्रहहरूलाई बाइनाकुलर र टेलिस्कोपको सहायताले देखीने भएको छ ।
सफा आकाश बेलामा साँझ पख सूर्यास्तसँगै बुध र शुक्र ग्रहहरू दक्षिण पश्चिम दिशामा केही समय अवलोकन गर्न सकिने भएको छ ।
वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका निमित्त कार्यकारी निर्देशक डा. सनत कुमार शर्माका अनुसार यी दुई ग्रहहरू ६ः३० बजे सम्ममा क्षितिजमुनि पुगिसक्ने भएकोले सीमित समयको लागि देख्न सकिनेछ ।
शनि ग्रहलाई सोही दिशामा साँझ ८ः३० बजे सम्म देख्न सकिने छ । वृहस्पति ग्रहलाई भने स्पष्ट र चम्किलो रूपमा पूर्व दक्षिणबाट मध्य राती सम्म देख्न सकिनेछ भने मङ्गल ग्रह भने पूर्व उत्तर देखि पश्चिममा साँझ देखि बिहान सम्म देख्न सकिनेछ ।
बुध, शुत्र, शनि वृहस्पति र मङ्गल ग्रहलाई खाली आँखाले सजिलै सँग अवलोकन गर्न सकिनेछ भने बाइनाकुलर र टेलिस्कोपको सहायताले शनि र वृहस्पति ग्रहको बीचमा बरुण ग्रह तथा वृहस्पति र मङ्गल ग्रहको बीचमा अरुण ग्रहलाई पनि अवलोकन गर्न सकिनेछ ।