
काठमाण्डु,८ पुस– शनिबारदेखि सुरु हुने नेपाल टी–२० लिग फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार प्रप्त गर्ने भएका छन ।
प्रतियोगिता सुरु हुनु अघिल्लो दिन आज नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्राटेजिक साझेदार सेभेन थ्री स्पोर्टसले पुरस्कार रकम सार्वजनिक गरेको हो ।
सेभेन थ्रीका प्रमुख जतिनले १ करोड २५ लाख रुपैयाँको कुल पुरस्कार राशी सार्वजनिक गरेका छन । जसमा उपाधि विजेताले ५५ लाख, उपविजेताले ३० लाख रुपैयाँ पाउनेछन् । तेस्रो र चौथो हुनेले क्रमसः १० र ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ५ लाख रुपैयाँ पाउने छन । उत्कृष्ट ब्याटर र बलरलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार पाउने छन । इमजिृङ खेलाडीले १ लाख ८० हजार रुपैयाँ प्रप्त गर्ने भएका छन ।