दल नेताको चुनावअघि गगन थापाले जारी गरे अपिल

काठमाण्डु टुडे २०७९ पुष ६ गते ८:३० मा प्रकाशित

काठमाण्डु, ६ असोज– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एक अपिल जारी गर्दै संसदीय दल नेतामा मतदान गर्न अपिल गरेका छन् ।

दल नेता चयनका लागि निर्वाचनको पूर्वसन्ध्यामा थापाले अपिल जारी गर्दै सांसदहरूलाई विवेकसम्मत निर्णय गर्न आग्रह गरेका छन् । संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने उनले बताए ।
‘वर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा हो भन्ने कुरामा बिश्वस्त छु’, थापाले भनेका छन्, ‘सरकारको नेतृत्व, सोच, नीति, कार्यक्रम र कार्यशैली परिवर्तनका पक्षमा नेपाली जनताले दिएको जनादेशको पूर्ण सम्मान गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us