
काठमाण्डु,४ पुस– अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका कप्तान लिओनल मेसीले तत्काल सन्यास नलिने बताएका छन् । उनले टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन ।
उनले आफूले अझै खेल्ने पनि बताए । मेसीले भने, ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो । म राष्ट्रिय टिमको समूहमा रहन चाहन्छु ।
म विश्व च्याम्पियन भएर अझै केही खेलहरू खेल्न चाहन्छु ’।उनले आफूले चाहेको सबै कुरा पाएको र योभन्दा बढी भगवानसँग माग्न नसक्ने पनि बताएका छन ।