विश्वकपमा एसियाको यात्रा सकियो

काठमाण्डु टुडे २०७९ मंसिर २० गते १६:४६ मा प्रकाशित

काठमाण्ड,२० मंसिर– कतारमा जारी विश्वकप फुटबल २०२२ मा एसियाको यात्रा सकिएको छ । विश्वकपमा ६ राष्ट्र सहभागी थिए ।

जसमा आयोजक कतारसहित, इरान र साउदी अरेबिया समूह चरणबाटै बाहिरिए भने ३ टिम अष्ट्रेलिया ९एसियाबाट फुटबल खेल्छ०, जापान र दक्षिण कोरिया अन्तिम १६ मा पुगेका थिए ।

तर सोमबार राति भएको नकआउट चरणको जापान क्रोयसियासँग पेनाल्टीमा चुक्यो भने दक्षिण कोरिया ब्राजिलसँग ४–१ को हारले बाहिरियो । एकै दिन २ एशियाली राष्ट्रहरुको विश्वकप यात्रा टुङ्गियो ।

अर्जेन्टिनासँग २–१ ले पराजित भएपछि यसअघि नै अष्ट्रेलिया घर फर्केको थियो । विश्वकपमा १९९८ बाट भाग लिन सुरु गरेको जापानले यस पटक राम्रो सुरुवात गरे पनि अन्तिम १६ सम्म मात्र आइपुग्न सक्यो ।

२००२ मा पहिलो पटक अन्तिम १६ सम्म पुगेको जापानले यस पटक सुरुको खेलमा जर्मनीलाई २–१ पराजित गर्दै राम्रो सुरुवात लिएको थियो । दक्षिण कोरियाले पहिलो खेल उरुग्वेसँग शुन्यको बराबरी खेलेको थियो ।

दोस्रो खेलमा घानासँग ३–२ ले पराजित भयो । समुह चरणको अन्तिम खेलमा पोर्चुगललाई २–१ हराउँदै समुह एचको उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो ।

अन्तिमा १६ मा यात्रा टुङ्गिए पनि यी दुई राष्ट्रले एसियाली फुटबलको राम्रो परिचय प्रस्तुत गरेका थिय ।जापानी समाचार संस्थाले सोमबार भएको खेललाई दुई दशकसम्म एसियाली फुटबलले याद राख्ने क्षण भनेर वर्णन गर्‍यो ।

दक्षिण कोरियाको योनहाप समचार एजेन्सीले ‘यादगार अन्डरडगको कहानी’ भनेर लेखेको छ । जापनको अहिलेसम्मको विश्वकपको यात्रा हेर्ने हो भने २००२, २०१०, २०१८ र २०२२ मा जापान अन्तिम १६ सम्म पुग्न सफल रह्यो ।

यस्तै दक्षिण कोरिया सन् २००२ मा जापानसँग सहकार्य गरि गरेको विश्वकप संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता दक्षिण कोरिया दोस्रो पटक अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us