
काठमाण्डु,२० मंसिर– फिफा विश्वकप फुटबल २०२२ का लागि कतार बनाइएका सात रंगशालाहरुमध्ये एउटा रंगशाला प्रतियोगितापछि रहनेछैन ।
रंगशाला ‘स्टेडियम ९७४’ ब्राजिल र दक्षिण कोरियाबीच भएको अन्तिम १६ को खेलपछि भत्काइने भएको छ । ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर निर्माण गरिएको सो स्टेडियम विश्वकपकै इतिहासमा निर्माण भएको पहिलो अस्थायी रंगशाला हो ।
त्यस्तै कतारको अन्तर्राष्ट्रिय डाइलिङ कोड पनि ९७४ रहेको कारण यस रंगशालाको नाम ‘स्टेडियम ९७४’ राखिएको थियो ।
दोहामा बनाइएको यस रंगशालाको क्षमता ४० हजार बढी मानिस अटाउने रहेको थियो । यसमा एयर कन्डिसनिङ नभएका कारण सबै खेलहरू साँझ मात्र खेलाइएको थियो ।