
काठमाण्डु,१९ मंसिर– अर्जेन्टिनाका कप्तान लिओनल मेसीले कतारमा भइरहेको फिफा विश्वकप २०२२ जित्न सक्ने चार दाबेदारको नाम बताएका छन् ।
शनिबार भएको खेलमा गोल गर्दै अर्जेन्टिनालाई अष्ट्रेलिया विरुद्ध २–१ को जित दिलाएपछि उनले यस्तो बताएका हुन । उनले आप्नो टिमसहित चार दाबेदारको नाम लिएका हुन् ।
उनले भने ‘अर्जेन्टिना दाबेदारमध्ये एक हो । अर्जेन्टिना पावर हाउस हो र सधैं उत्कृष्ट मध्येमा पर्छ, ‘हामीलाई थाहा छ हामी दाबेदारमध्ये एक हौं। तर हामी अष्ट्रेलिया विरुद्ध जस्तै मैदानमा त्यसका लागि प्रमाणित गर्नुपर्छ ।’
यस्तै अरु दाबेदार बारे सोधिएको प्रश्नमा मेसीले तीन टिमको नाम लिए । उनले ब्राजिल, फ्रान्स र स्पेनले पनि विश्वकप जित्न सक्ने बताएका छन । ‘क्यामरुन विरुद्ध हारे पनि ब्राजिलले धेरै राम्रो गरिरहेको छ ।
उनीहरु अझै ठूलो दाबेदारको रुपमा छन्,’ ब्राजिलबारे मेसीले भने । मेसीले फ्रान्स र स्पेनले राम्रो खेलिरहेको र उनीहरुबाट बल निकाल्न कठिन हुने समेत बताए । उनीहरुलाई जित्न कठिन हुने समेत मेसीले बताए ।
‘फ्रान्सले पनि राम्रो गरिरहेको छ र जापानसँग हारेपनि स्पेनले राम्रो खेलिरहेको छ मेसीले भने ।’ मेसीले जर्मनी समूह चरणबाट बाहिरिनु आश्चर्य भएको बताए ।
चार पटकको च्याम्पियन लगतार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । ‘उनीहरु बाहिरिएकोमा म धेरै सरप्राइज्ड भएँ,’ मेसीले भने, ‘उनीहरुसँग धेरै उच्च स्तरका खेलाडी थिए र उनीहरु युवा टिम थिएँ जो सधा विश्वकपमा राम्रव टिममध्ये पर्छ ।’