विश्वकप फुटबलमा आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदै

काठमाण्डु टुडे २०७९ मंसिर १९ गते १०:३३ मा प्रकाशित

काठमाण्डु,१९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलमा २०२२ मा आज प्रि–क्वाटरफाइनलका आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुदैछ ।

अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन् ।

जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ ।

स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज ब्राजिल र दक्षिण कोरिया जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us