
काठमाण्डु,१८ मंसिर– गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरूको मनोबल बढाउनका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् ।
नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले प्रहरी अधिकृतहरूलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिए । उनले भने, भर्खरै सम्पन्न आम चुनावका सन्दर्भ होस् वा नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेको भन्दै उनले प्रशंसा समेत गरे ।
मुलुकको शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको छ । उनले प्रहरीलाई उच्च मनोबलका साथ प्रविधिको समेत अधिकतम उपयोग गरी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा जुट्न निर्देशन समेत दिएका थिए ।