चितवनमा गैंडा मृत अवस्थामा भेटियो

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते १६:१६ मा प्रकाशित

काठमाण्डु,१८ मंसिर– चितवनको कालिका नगरपालिका–१ मा मृत गैंडा भेटिएको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो ।

गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने डिभिजन वन कार्यालयले चितवनले बतानएको छ । गैंडाको खाग र खुर भने भेटिएको छैन ।

डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको छ । गस्तीका क्रममा मृत गैंडाको हाडखुर मात्रै भेटिएको डिभिजन वन कार्यालय चितवनका प्रवक्ता बालकृष्ण खनालले बताए ।

उनका अनुसारको गैंडाको खाग काटिएको अवस्थामा भेटिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us